आइतवार, चैत्र १५, २०८२

कार्कीलाई धम्कीपछि सुरक्षा कडा, सुरक्षित स्थानमा सार्ने तयारी


कान्तिपथ


काठमाडौं। जेनजी प्रदर्शनको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई अज्ञात व्यक्तिबाट धम्की आएको छ।

धम्कीबारे उनले सरकारलाई जानकारी गराएपछि भक्तपुरको गुण्डुस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै, उनलाई सुरक्षित स्थानमा सार्ने विषयमा काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार कार्कीलाई कहाँ राख्ने भन्ने निर्णय सुरक्षा समितिले गर्नेछ। उनलाई सेना वा सशस्त्र प्रहरीको ब्यारेकमा राख्ने विकल्पमाथि समेत छलफल भइरहेको बताइएको छ।

कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सुरक्षा संवेदनशीलता बढेको देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत