आइतवार, चैत्र १५, २०८२

ओली र लेखकविरुद्ध १० दिन हिरासत माग, अदालतमा बहस जारी


कान्तिपथ


हिजो पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाडौँ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ।

प्रहरीले रमेश लेखकलाई अदालतमा उपस्थित गराएको छ भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना रहेका ओली भर्चुअल माध्यमबाट अदालती प्रक्रियामा सहभागी भएका छन्।

यसैबीच, ओलीलाई तत्काल रिहा गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि भोलि सुनुवाइ हुने तय भएको छ। आजै दर्ता भएको उक्त रिटमा जाँचबुझ आयोगको सिफारिसका आधारमा गरिएको पक्राउ र हिरासत गैरकानुनी रहेको दाबी गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत