कलाकार सागर लम्साल पक्राउ, बलात्कार आरोपमा अनुसन्धान सुरु
काठमाडौँ — कलाकार सागर लम्साल (बले)लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनिमाथि एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। अमेरिकामा बसोबास गर्दै आएकी ती युवतीले शुक्रबार सामाजिक रूपमा आरोप सार्वजनिक गरेकी थिइन्।
उक्त आरोपका आधारमा अनुसन्धान अघि बढाउन लम्साललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

