शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • इरान–अमेरिका शान्ति वार्ताका लागि भान्सको नेतृत्वमा टोली पाकिस्तानतर्फ

इरान–अमेरिका शान्ति वार्ताका लागि भान्सको नेतृत्वमा टोली पाकिस्तानतर्फ


कान्तिपथ


अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान जाने तयारीमा छन्। उक्त टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा पूर्वसल्लाहकार जेरेड कुशनर र विशेष दूत स्टीभ भिटकफ पनि सहभागी रहेका छन्।

यो टोली सवार ‘एयर फोर्स टु’ विमान फ्रान्सको पेरिसमा इन्धन भर्नका लागि रोकिएको जनाइएको छ। पाकिस्तान प्रस्थानअघि भान्सले इरानसँग सद्भावपूर्ण वार्ता गर्न अमेरिका तयार रहेको तर छलकपट भए कडा प्रतिक्रिया हुने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले पनि भान्सलाई स्पष्ट निर्देशन दिएको उल्लेख गरिएको छ। यसअघि कुशनर र भिटकफ इजरायल–गाजा तथा रूस–युक्रेन युद्धसम्बन्धी वार्तामा पनि संलग्न भइसकेका छन्।

उता इरानको तर्फबाट संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद पुगिसकेका छन्।

छ हप्तादेखि जारी तनावपूर्ण अवस्थाबीच हुन लागेको यो वार्ता निकै संवेदनशील मानिएको छ, जसमा दुबै पक्षबीच विश्वास कायम गर्दै स्थायी समाधान खोज्नु चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत