मङ्लबार, बैशाख १, २०८३

सांसदका स्वकीय सचिव पद पुनःस्थापनाको प्रक्रिया सुरु


कान्तिपथ


काठमाडौं । सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने तयारी गरिएको छ। संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले उक्त पद पुनःस्थापनाका लागि प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित रूपमा लागू गर्न आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालसहित संघीय संसदका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।

यसअघि खर्च कटौतीको नीति अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त सुविधा हटाइएको थियो।

तर, त्यस निर्णयप्रति सांसदहरू असन्तुष्ट रहँदै आएका थिए। अब पुनः सो पद आवश्यक रहेको निष्कर्षसहित समितिले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत