शनिबार, बैशाख १२, २०८३

नदी किनारका अवैध बस्ती खाली गर्न काठमाडौंबाट कडा निर्देशन


कान्तिपथ


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूलाई लक्षित गर्दै अत्यावश्यक सूचना जारी गरेको छ। सार्वजनिक आवागमन, शहरी पूर्वाधार र नदीको प्राकृतिक बहावमा असर परेको भन्दै यस्ता बस्ती तत्काल खाली गर्न निर्देशन दिइएको हो।

प्रशासनका अनुसार अवैध रूपमा निर्माण गरिएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेसम्म अनिवार्य रूपमा खाली गर्नुपर्नेछ। आवश्यक परे नेपाल प्रहरी, महानगरीय प्रहरी र सशस्त्र प्रहरी बल को सहयोग लिन सकिने जनाइएको छ।

बस्तीमा बसोबास गर्नेहरूलाई आफ्ना सामान, लत्ताकपडा तथा घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। साथै अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकतामा राखेर स्थानान्तरण गर्न भनिएको छ।

प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि अवैध संरचना हटाउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गरिने जनाएको छ। सो क्रममा अवरोध सिर्जना गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

विस्थापित परिवारलाई अस्थायी रूपमा न्यूनतम सुविधा भएका स्थानमा राख्ने तथा आगामी १०–१५ दिनभित्र वास्तविक भूमिहीनहरूको पहिचान गरी बसोबासको दीर्घकालीन व्यवस्था गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ। साथै सूचनाको अवहेलना गर्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत