आइतवार, जेष्ठ ३, २०८३

होर्मुज जलमार्गमा नयाँ प्रणाली लागु हुँदै


देव चौलागाईं


इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले इरानले चाँडै होर्मुज स्ट्रेट हुँदै हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्ने घोषणा गरेका छन्।

शनिबार दिएको अभिव्यक्तिमा उनले उक्त प्रणाली इरानको सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय व्यापार सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको बताएका हुन्।

अजिजीका अनुसार नयाँ व्यवस्थाबाट विशेषगरी व्यापारिक जहाज तथा इरानसँग सहकार्य गर्ने मुलुकहरूले लाभ लिन सक्नेछन्। उनले यस प्रणालीअन्तर्गत उपलब्ध गराइने केही सेवामा करसमेत लाग्ने जानकारी दिएका छन्।

यसैबीच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मोख्बरले कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) प्रति कडा चेतावनी दिएका छन्।

उनले इरानले अहिलेसम्म संयमता अपनाएको भए पनि त्यो सधैँ कायम नहुन सक्ने बताएका छन्। मोख्बरले ती देशहरूले आफ्नो भूमि इरानका विरोधी शक्तिहरूलाई प्रयोग गर्न दिएको आरोप लगाए।

उनले थप भने, “इरानले लामो समयदेखि उनीहरूलाई मित्र र दाजुभाइका रूपमा हेर्दै आएको थियो, तर अहिले उनीहरूले आफ्नो स्वतन्त्रता बेचेर आफ्नो भूमि हाम्रा शत्रुका लागि खुला गरेका छन्।”— एजेन्सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत