बुधबार, मंसिर २०, २०८०

नेपालको कानूनलाई सम्मान गर्दै म आफै प्रहरीसामू आउदैछु : पल शाह


कान्तिपथ


नायक पल शाह प्रहरीसामू उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामू उपस्थित हुने भएका हुन् । उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् ।

गत हप्ता जिल्ला प्रहरी कर्यालय तनहुँमा एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरीले नियन्त्रण गर्ने समाचार बाहिरिएपछि पल फरार थिए । तर उनी आज प्रहरीसामु उपस्थित हुने भएका हुन् । उनले फेशबुकमा आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र आफ्नो फिल्मलाई असर नगरोस भनेर प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत