आइतवार, माघ ६, २०८१

“रुस र युक्रेनबीच सोमबार वार्ता हुने”


कान्तिपथ


एजेन्सी, १६ फागुन। रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच आज (सोमबार) वार्ता हुने भएको जनाइएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच आज वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ।

एक स्रोतको भनाइलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ‘वार्ता सरेको हैन । बैठक बिहान बस्नेछ । युक्रेनी प्रतिनिधिमण्डलको बन्दोबस्तीले ढिलाइ भएको हो।’ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निजी सचिव भ्लादिमिर मेदिन्स्कीले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

युक्रेनले बेलारुसको गोमेलमा वार्ता गर्न सहमति जनाएको उनले बताए । त्यसपछि रुसी प्रतिनिधिमण्डल मिन्स्कबाट गोमेलतर्फ गएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत