सोमवार, मंसिर १२, २०७९

प्रतिनिधिसभा बैठक आज बस्दै : सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने


कान्तिपथ


प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेश गर्नुहुने कार्यक्रम छ ।

यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत