शनिबार, बैशाख १, २०८१

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


कान्तिपथ


काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत