शुक्रबार, बैशाख ६, २०८२

स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गर्न माग


कान्तिपथ


नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ । स्काउट बचाउ अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान तदर्थ कार्यसमितिले स्काउटको मूल्य र मान्यताविपरीत काम गरेको आरोप लगाउनुभयो । “स्काउटको मूल्य, मान्यता र तालिमको मर्मविपरित राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्तालाई मात्र तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको देखिँदैन,”– उहाँले भन्नुभयो ।स्काउटको केन्द्रीय कार्यालयलाई राजनीतिकको भर्तीकेन्द्र बनाइएको र नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरिएकामा आपत्ती समेत जनाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत