शुक्रबार, जेष्ठ ३, २०८२

ललितपुर मृत्यु घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान


कान्तिपथ


ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, नौ वर्षीय आशिष, सात वर्षीया आस्मा र दुई दिनको शिशुको मृत्यु भएको हो । प्रहरीका अनुसार चार जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत