शुक्रबार, बैशाख ६, २०८२

ताप्लेजुङ सदरमुकाममा आगलागी


कान्तिपथ


ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत