शनिबार, मंसिर २०, २०८२

संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनको आग्रह


कान्तिपथ


२७ फागुन ९ संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् ।संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

ती दुई संगठनले बिहीबार सुडानका सबै राजनीतिक दल तथा द्धन्द्धरत सबै पक्षलाई वार्ता थाल्न आग्रह गरेका हुन् ।सुडानको खार्तुममा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियन सुडानका विशेष दूतले सुडानलाई सो आग्रह गरेका हुन् ।

उनीहरुले पछिल्लो समयमा सुडानमा राजनीतिक हिंसा बढ्दै गएको र यसको समाधानका लागि द्धन्द्धरत सबै पक्ष वार्ताका बसेर निकास निकाल्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत