भन्सार विभाग अन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ । फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन हुने लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
यस विषयमा उच्च अदालत पाटनबाट बिहीबार विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ