शनिबार, माघ ५, २०८१

कास्कीको माछापुच्छ्रेमा वडा कार्यालय भवन निर्माण


कान्तिपथ


कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार लगानी रहेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाका आठवटै वडा कार्यालयमा आफ्नै भवनबाट सेवा सञ्चालन गरिँदै आएको छ ।

कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । भवन निर्माणका लागि स्थानीयवासी आइबहादुर तामाङ र श्रीकुमारी तामाङले एक रोपनी जग्गा निःशुल्क उपलव्ध गराउनुभएको हो । गाउँपालिकाको पनि प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटनमा १० रोपनी क्षेत्रफलमा रु ६ करोड ६२ लाखको लागतमा भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत