काठमाडौं । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरातर्फ जाँदै गरेको ट्यांकर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नहालामा दुर्घटनामा परेको छ ।
मंगलबार पोखरातर्फ जाँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो । नेपाल आयल निगमका अनुसार सडक छेउको खोल्सा नजिक ट्याङ्कर पल्टिएर दुर्घटना भएतापनि कुनै मानवीय क्षति भने भएको छैन ।
दुर्घटनामा परेको उक्त ट्यांकरबाट चुहिएको तेल जम्मा गर्नका लागि अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् । अहिले स्थानीयहरु ट्यांकरबाट चुहिएको तेल भर्नका लागि विभिन्न किसिमका बाल्टी र ग्यालेनहरु बोकेर लाइनमा बसेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ