बागलुङ, बलेवा- बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा परी ढोरपाटन-१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्।
दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएका छन्। पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ