काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरको ठक्कर दुई दिदीबहिनीको ज्यान गएको छ। बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका आठ वर्षीया सृष्टि तामाङ र चार वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो।
उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। बा४ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा८प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ। दुर्घटनापछि टिपर चालक फरार भएका छन्।
चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। ।
स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ