सोमवार, जेष्ठ २, २०७९

कालोपत्र गरिरहेको उपकरणमा आगलागी


कान्तिपथ


पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।

कालोपत्रका लागि अलकत्रा तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिनुभयो । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पु¥याएको सहचालक तिमिल्सिनाले बताउनुभयो ।

स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरण पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पतिमा क्षति भएको निर्माण व्यवसायीले बताए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत