आइतवार, माघ ६, २०८१

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु


कान्तिपथ


मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत