मङ्लबार, माघ ८, २०८१

आचारसंहिता उल्लंघन गर्ने ऋषि धमलालाई प्रेस काउन्सिलले लियो क्लास


कान्तिपथ


आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ । जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिइ काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखिकरण कक्षामा सहभागी गराएको जनाएको छ ।

जहाजभित्र जबर्जस्ती लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रबार कक्षामा राख्ने र आइन्दा उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो । सोही निर्णयलाई पालना गर्दै धमला शुक्रबार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनकर्तालाई आवश्यकता अनुसार अभिमुखिकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत