शनिबार, माघ ५, २०८१

फूलबारीमा फोरजी टावर


कान्तिपथ


दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताउनुभयो ।

यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताउनुभयो । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत