बिहिबार, चैत्र ६, २०८१

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु


कान्तिपथ


धनुषामा दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन् ।

प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना२ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत