मङ्लबार, बैशाख ३०, २०८२

उपकरण जडान द्रुतरूपमा


कान्तिपथ


उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ ।

आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात्  उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन् । भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन  टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण  जडान थालेको हो ।  

एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ । उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताउनुभयो ।

विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत