बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने

क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने


कान्तिपथ


१६ बैशाख क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताउनुभएको जनाइएको छ । क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताउनुभएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।

जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भन्नुभएको थियो– हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौँ, मलाई लाग्छ अब युक्रेनमा अवस्था समान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान् ।
क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो । त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका अधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्याण्ड पठाएको थियो । अहिले राजधानी किभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ । त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत