मङ्लबार, बैशाख ८, २०८३

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप हुँदा ६ जना घाइते


कान्तिपथ


पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा हुप्सेकोट गाउँपालिका–१ मा झडप हुँदा दुवैतर्फको उम्मेदवारसहित ६ जना घाइते भएका छन् ।

घाइते ४ जनालाई टाउकोमा चोट लागेको उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रचासप्रसार नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडी समेत तोडफोड भएको छ । उनी २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट र एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत