मङ्लबार, माघ ८, २०८१

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन


कान्तिपथ


विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । मृतकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत