मङ्लबार, बैशाख ९, २०८२

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक


कान्तिपथ


शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।

त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ ।त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ । तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो । जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत