छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ। बिहीबार, प्योंगयांगले देशमा कोभिड-१९ सङ्क्रमणको पहिलो लहर देखिएको जनाएको छ। थुप्रै नागरिकमा ओमिक्रोन बी ए सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै आइतबार जनाएको छ । समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले शुक्रबार उत्तर कोरियालाई कोभिड–१९ को खोप र चिकित्सा उपकरण उपलब्ध गराउने प्रस्ताव राखेका छन् ।
योनहापले उद्धृत गर्दै दक्षिण कोरियाका एक वरिष्ठ अधिकारीले भने, “सरकारले उत्तर कोरियालाई हप्ताको शुरुमा आधिकारिक रूपमा कार्य-स्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गर्ने तयारी गरिरहेको छ।” यसै बीच उत्तर कोरियाली नेता किम जोङ उनले देशको राष्ट्रिय सुरक्षामा “सुरक्षा शून्यता” हुन नदिन सबै मोर्चा, वायु र समुद्री सीमामा कडा निगरानी गर्न आदेश दिएको पनि, योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। यसै गरी उत्तर कोरियाली अधिकारीहरूले नेताको निर्देशनमा सर्वोच्च आदेशको आपतकालीन एन्टि-इपिडेमिक प्रणाली चुस्त राखेका छन्। बिहीबार उत्तर कोरियाली नेताले मे ८ मा प्योंगयांगमा ओमिक्रोन को पहिलो सङ्क्रमण फेला परेपछि त्यस बारे छलफल गर्न वरिष्ठ सरकारी अधिकारीहरूसँग बैठक गरेका थिए। नेता किमले कडारूपमा बन्दाबन्दी र महामारी रोकथाम प्रणालीलाई परिचालन गर्ने आदेश दिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ