मङ्लबार, बैशाख ३०, २०८२

जुम्लाको कनकासुन्दरीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते


कान्तिपथ


८ जेठ, जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५/२० मिटर तल खसेको छ । दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत