मङ्लबार, जेष्ठ ६, २०८२

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरको विमान चरासँग ठोक्कियो


कान्तिपथ


भैरहवाको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको बताइएको छ ।

जहाजको नोजमा केही रगतको दाग देखिएकाले चरा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । बिहान २ बजे १ सय २१ यात्रु लिएर अवतरण गरेपछि पुनः करिब ६० यात्रु लिएर उडान भर्ने तयारीमा हुँदा जहाजको अगाडी भागमा रगत देखिएपछि विमान उडानमा ढिलाई भएको छ ।

अहिले यात्रुहरुाई होटलमा राखिएको छ । चरा ठोक्किएको हो वा अन्य कारणले भन्ने पुष्टि गर्न चेकजाँच गरेपछि मात्रै उडान गरिनेछ । यसका लागि काठमाडौंबाट प्राविधिक बोलाइएको विमानस्थलले जनाएको छ ।

जजिरा एयरलाइन्सले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । विमानस्थलबाट जेठ २ गतेदेखि औपचारिक रुपमा उडान सुरु गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत