पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।
म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा डीएसपी रामप्रसाद दानीले पनि विमान फेला पार्न नसकिएको बताए। ‘अहिलेसम्म विमान फेला पार्न सकिएको छैन। हामी खोजी कार्यमै छौं’, डीएसपी दानीले कान्तिपथसँग भने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ