पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।
बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए । ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ