आइतवार, असार २९, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • हेलिकोप्टर जान नसकेर फर्किएपछि विमान खोज्न स्थलमार्गबाट गयो सेना र प्रहरीको टोली

हेलिकोप्टर जान नसकेर फर्किएपछि विमान खोज्न स्थलमार्गबाट गयो सेना र प्रहरीको टोली


कान्तिपथ


आइतबार बिहान बेपत्ता भएको तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ। नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको छ।

क्यानको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलमार्गबाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ।’

हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ। प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत