शुक्रबार, बैशाख ४, २०८३

ताराको जहाजको खोज्न गएको सेनाको हेलिकोप्टर थासाङमा अवतरण


कान्तिपथ


तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५/६ घन्टा लाग्छ। जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ।

पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि त्यसपछि सम्पर्कबिहीन भएको बताइएको छ। आइतबार बिहान ९:५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका छन्।

जिल्‍ला प्रशासन मुस्ताङका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत