आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएका् बताए। विमान भेटिएको खबरपछि आफूहरु त्यतातर्फ जाँदै गरेको उनले जानकारी दिए।
आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजीकार्यमा संलग्न भएको थियो। पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।
यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना रहेको पाइएको छ। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए। विमान क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए। चालक दलमा कोपाइलट उत्सव पोखरेल र एअरहोस्टेज किस्मी थापा थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ