मुस्ताङमा दुर्घटना भएको तारा एअरको जहाजमा सवारमध्ये १४ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्।
जहाजमा चालक दलका तीन सदस्यसिहत २२ जना सवार थिए। शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ। जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्। नेपाल प्रहरीका निरिक्षक राजकुमार तामाङ्ग नेतृत्वको टोलीले शव संकलन गरेको हो ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
बिहान ७ बजेर ५० मिनेटमा नेपाल प्रहरीको एउटा टोली त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ