बुधबार, फाल्गुन ९, २०८०

बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा स्वीकार गरेको छ : विनोद चौधरी


कान्तिपथ


नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटलाई नयाँ दृष्टिकोण र दृढताको प्रस्थान बिन्दुको रूपमा चित्रण गरेका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा प्रसटसँग स्विकारेको बताए।

मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई बजेटले अंगालेको भन्दै उनले यसलाई सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे। उनले बजेट प्रविधिकेन्द्रित भएकोसमेत बताए।

‘यसपटक अर्थमन्त्रीजीले खास गरीकन निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रूपमा प्रस्टसँग स्वीकार गर्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु, मलाई लाग्छ यो सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो,’ उनले भने।

वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उनको धारणा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत