मङ्लबार, बैशाख ८, २०८३

बारामा करेन्ट लागेर महिलाको मृत्यु


कान्तिपथ


बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत