मङ्लबार, बैशाख ८, २०८३

बनेपामा जिपको ठक्करबाट बालकको मृत्यु


कान्तिपथ


काभ्रेको बनेपा- ७ स्थित धनेश्वरमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पनौतीबाट बनेपा आउँदै गरेको वाग्मती प्रदेश-०१-०२२ च ३२९१ नम्बरको बोलेरो जिपको ठक्करबाट सिन्धुपाल्चोकको सुनकोसी-१ घर भई बनेपा बस्दै आएका राम अधिकारीका ५ वर्षीय छोरा आशिष अधिकारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाका अनुसार बनेपास्थित सिर मेमोरियल अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । स्थानीय धनेश्वर महादेव प्राविमा अध्ययनरत अधिकारीलाई बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत