शनिबार, अशोज ५, २०८१

फर्पिङको जंगलमा मृत भेटिएका युवक मकवानपुरका, युवती दाङकी


कान्तिपथ


काठमाडौंको फर्पिङस्थित जंगलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको छ। सोमबार जंगलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको छ।

मृतक युवा युवतीको आज पहिचान भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए। सोमबार दिउँसो जंगलमा उनीहरुको शव फेला परेको थियो। उनीहरुको साथमा भएका मोवाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको हो।

शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने एसपी कोइरालाले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत