पोखराको हेमजामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाम वडा नं. २५ का २७ वर्षीय अक्षयराज कुँवर रहेका छन् । सो दुर्घटनामा ३५ वर्षीय दिलिप कुँवर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक मै पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुँबरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बताइन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ