सोमवार, बैशाख ९, २०८२

रामेछापमा चिप्लियो कांग्रेस उपसभापतिको गाडी


कान्तिपथ


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी बिहीबार बिहान दुर्घटनाबाट जोगिएको हो।

उक्त गाडी रामेछापको गोगनेमा सडकबाट चिप्लिएको थियो। तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताए।

गुरुङ ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किँदै थिए। उनले आफू सकुशल रहेको बताए।

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत