बिहिबार, अशोज २०, २०७९

ब्रेक फेल हुँदा रामेछाप दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो


कान्तिपथ


रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना हुँदा थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो। दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। चार जनालाई हेलिकप्टरबाट लगिएको थियो।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले बताए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत