मङ्लबार, अशोज ११, २०७९

रुकुम पूर्वका डीएसपी प्रकाश डांगी चढेको गाडी दुर्घटना


कान्तिपथ


रुकुम पूर्वमा जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख चढेको भ्यान दुर्घटना भएको छ ।पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख चढेको भ्यान दुर्घटना हुदाँ रुकुमपूर्वका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डागीसहित चार जना घाइते भएको हो ।घाइतेमध्ये गम्भीर घाइले प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दै छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लछ्मण बुढा गम्भीर घाइले भएका छन् ।

सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले भएका छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए । गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्ता मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका छन् । जिल्लास्थित स्रोत साधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा बेलैमा खबर गर्न पनि गृहमन्त्रीले भनिसकेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत