शुक्रबार, अशोज २१, २०७९

लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर मन्थलीमा एक जनाको निधन


कान्तिपथ


लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर मन्थलीमा एक जनाको निधन

जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर ज्यान गएको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्राधिकरणले टाँगेको तार लत्रिएको र जंगल हिँडेका माझी त्यसैमा अल्झिएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत