बिहिबार, बैशाख ६, २०८१

टिकटकको खोलाले बगाएर किशोरीको मृत्यु


कान्तिपथ


टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ । खाेलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकाे सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनकाे शव भेटिएकाे प्रहरीले जनाएको छ । फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना गरी तीन जना किशोरी खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो । साथीलाई खोलाले बगाएपछि उनीहरूले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत