कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना मलामी जाँदा बेपत्ता भएका हुन्।
शनिबार मृत्यु भएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगिसकेको शर्माले बताए।
प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ